Logo

भिजेर सडेकाे अवस्थामा आइपुग्याे ५० हजार बोरा डिएपी मल

                     
Logo 2020-08-25 04:08     Hamro Biratnagar

13

तस्वीर- अन्नपूर्ण पाेस्ट

सरकारले अनुदानमा किसानलाई वितरण गर्नका लागि सिंगापुरबाट आयात गरेको ५० हजार बोरा डिएपी मल भिजेर नष्ट भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयातमा स्वीस सिंगापुरले आपूर्ति गरेको ५० हजार बोरा डिएपी मल, भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुका आइपुगेको हो। साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयात गरिएको मल भिजेर नष्ट भएको हो ।

आपुर्ति गरिएको ५० हजार बोरामध्ये ४० हजार बोरा डिएपि मल भिजेर बिग्रिएको अवस्थामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख आमोद लामिछानेले बताए ।सिंगापुरबाट पानीजहाज र कोलकत्तादेखि रेलमा ल्याइएको मल ड्राईपोर्ट को गोदाममा राखिएको छ । उनका अनुसार बंगालको खाडीमा आएको ‘अम्फन’आँधीका कारणले मल भिजेको हो ।

लामिछानेका अनुसार मल एक महिना जति गोदाममा राख्ने र अवस्था हेरेर सद्दे बोरामात्र बजारसम्म पुर्याउने बताए । नभिजेको फ्रेस मल मात्रै बुझ्ने भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै व्यहोर्नु पर्छ ।

भिजेर बिग्रिएको मल भन्सार कार्यालयले जाॅचपास गरेको छैन ।अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको भन्दै भन्सार प्रमुख उमेश श्रेष्ठले भने, ‘पानीले भिजेर खराब भएको मल जाँचपास नगर्नु भन्ने निर्देशन भइसकेको छ ।

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनका लागि यो ठूलो घाटा हुने देखिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?