Logo

सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र अधिकृतमा कोरोना पुष्टि

                     
Logo 2020-08-25 03:08     Hamro Biratnagar

13

सिरहाको कल्याणपुर नगरपालिकाका उपप्रमुख र निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार उपप्रमुख रोहिनी कुमारी यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासलाई कोरोना संक्रमण भएको हो ।

यससँगै सिरहामा कोरोना संक्रमितको संख्या १६१ पुगेको छ । सिरहामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ रहेको छ ।

https://youtu.be/7cYYhN2NgtU

 


लोकप्रिय छुटाउनुभयो कि ?