
बिहान ६ बजेदेखि १२ बजेसम्म बजार तथा पसल खुल्ने, लकडाउन कायमै



रंगेलीमा दर्क्षिणपुर्वी मोरङको ६ पालीकाको संयुक्त बैठक सकिएको छ । आगामी भदौ ११ गते देखि १७ गते सम्म विहान ६ बजे देखि १२ बजे सम्म बजार तथा अत्यावश्यकीय पसलहरू खुल्नेछन्। सामाजिक दूरी कायम गर्दै खाद्यान्न लगायत पसलहरू खुलेपनि लकडाउन भने कायमै रहनेछ। कृषि मलखादका पसल पनि पसल सुरक्षा मापदण्ड अपनाएर २४ घण्टा खोल्ने सामुहिक निर्णय पनि भएको छ। पालिकाहरूको संयुक्त बैठकमा रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान, कटहरी र जहदाका जनप्रतिनिधिहरू उपस्थित थिए । बैठकले सार्वजनिक यातायात तथा शैक्षणिक संस्थाहरूमा भने निषेधाज्ञा नखुलाएको जनाएको छ।
https://youtu.be/7cYYhN2NgtU