
प्रदेश १ मा नेपाल प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दुई सय नाघेको छ । विभिन्न कार्यालयमा कार्यरत १७ जना नयाँ संक्रमित थपिएसँगै प्रदेशमा हालसम्म दुई सय ११ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
नयाँ थपिएकामा सबैभन्दा बढी प्रदेश १ प्रहरी तालिम केन्द्र रानी विराटनगरका छन् । तालिम केन्द्रमा कार्यरत १० जना प्रहरीमा एकैपटक कोरोना संक्रमण पुष्टि भयो । त्यस्तै धनकुटा, ओखलढुंगा र मोरङमा दुई-दुई तथा झापामा थप एक प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
https://youtu.be/7cYYhN2NgtU