
विराटनगर । भदाै ९



इलाममा आजबाट एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. सञ्चालनमा आएको छ । एकमात्र सरकारी अस्पताल इलाम अस्पताल रहेको इलाममा आजबाट निजी अस्पताल सञ्चालनमा आएको हो ।
जिल्लाको एकमात्र सामुदायिक अस्पताल डा. मेघबहादुर सामुदायिक अस्पताल केही वर्ष अघि बन्द भएपछि जिल्लाबासीले सामान्य उपचारका लागि पनि झापा लगायतका जिल्लामा जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको थियो ।
जिल्लाको एकमात्र सरकारी अस्पतालमा पर्याप्त भौतिक सुविधा रहेपनि विशेषज्ञ डाक्टरको अभावले गर्दा जिल्लाबासी समस्यामा रहेका थिए । अब एपोलो अस्पताल सञ्चालनमा आएसॅगै इलामबासी र छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङका बासिन्दाहरूलाई पनि सामान्य उपचारका लागि पनि तराई झर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुने अस्पतालका सञ्चालक प्रकाश चापागाईंले जानकारी दिए ।
निजी स्तरमा संचालनमा आउन लागेको अस्पताल डाक्टर सञ्जय शाह, डाक्टर विवेक अधिकारी र इलामका युवा व्यवसायी प्रकाश चापागाइँले संयुक्त रुपमा संचालन गर्न लागेको हो ।
अस्पताल पुरानो मेघबहादुर सामुदायिक अस्पतालकै भवनमा सञ्चालनमा आएको छ । सुरुमा अस्पतालमा हाडजोर्नी, स्त्री तथा प्रसुती, रेडियोलोजी एवम् जनरल फिजिसियनको सेवा प्रदान गरिने छ । साथै छ महिना भित्रमा आइसियु र एनआइसियुसहितको सेवा सञ्चालन गर्ने डाक्टर विवेक अधिकारीको भनाइ छ ।
https://youtu.be/7cYYhN2NgtU