Logo

उपत्यकामा निषेधाज्ञा अझ कडाइ गर्ने तयारी

                     
Logo 2020-08-25 10:08     अभिमन्यु अभिजित

13

प्रजिअहरू भन्छन् - मर्निङ्ग वाकका नाउँमा भीड बढ्यो, अटेरी गरे बल प्रयोग गर्छाैँ

कोरोना भाइरसको प्रभावलाई न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि बुधबारबाट फेरि थप गरिने भएको छ। उपत्यकाका तीन जिल्ला प्रशासनको बैठकले उक्त कडाइको निर्णय गर्ने भएको छ, मङ्गलबार बैठक बस्दैछ।

आज बस्ने बैठकले बुधबारसम्म जारी निषेधाज्ञालाई कडाइ गर्दै अवधि थप गर्ने बताइएको छ। यसबारे उपत्यकाका स्थानीय तहहरूसँग छलफल भइरहेको काठमाडौंका प्रजिअ जनकराज दाहालले बताएका छन्।

उपत्यकाका मेयरहरूको संयुक्त संगठन फोरमले पनि १५ गतेसम्म निषेधाज्ञा थप गर्न सिफारिस गरिसकेको छ।

ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट तथा भक्तपुरकी प्रजिअ हुमकला पाण्डेका अनुसार एकसातासम्म भएको निषेधाज्ञाले जोखिम बढ्न नदिन मद्दत गरेको र थप एक हप्ता अवधि बढाएर जानुपर्ने बताएका छन्।

अत्यावश्यक बाहेकका काममा जनतालाई घरबाट बाहिर ननिस्कन अनुरोध गर्दै अटेर गरिए बल प्रयोग गर्ने तथा रोग संक्रमण ऐन बमोजिम कारबाही गरिने बताइएको छ। मन्दिर तथा देवालयहरू पूर्ण रूपमा बन्द गर्ने एवं भीडभाड बढ्न सक्ने कार्यक्रमहरू गर्न निषेध गरिने पनि जनाइएको छ।

योसँगै बुधबारबाट थप एक साताका लागि लकडाउन थपिनेछ। निषेधाज्ञा बढाइए पनि संक्रमित पहिचान तथा उपचारका लागि परीक्षणलाई तीव्रता दिँदै अत्यावश्यक खाद्यान्न लगायत सामाग्रीको सुरक्षित तवरले बिक्री वितरणको व्यवस्थाका लागि पहल गर्न सरोकारवालाहरूले सुझाव दिएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?