Logo

काठमाण्डौको निशेधाज्ञाःगरिब दुखीका लागि मर्नु न बाँच्नु

                     
Logo 2020-08-25 08:08     Hamro Biratnagar

13

नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यकालगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन । शुक्रबार मात्र देशभरमा आठ सयभन्दा बढी कोरोना सङ्क्रमित भए पनि काठमाडौँमै झण्डै दुुई सय सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार नेपालमा थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एकै दिन यति धेरै मृत्युु भएको यो पहिलो हो ।

तर कोरोनाको त्रासमा सरकारले गरेको निशेधाज्ञा कोरोना संक्रमण नियन्त्रण गर्नको लागी राम्रो रणनिती हो तर निशेधाज्ञाका कारण सर्वहारा वर्गका हातमुख जोर्ने समस्यामा राज्यको संबोधन नहुनु लज्जास्पद देखिएको छ ।

माहालक्ष्मी स्थानको मन्दीर अगाडीको पाटीमा आश्रय लिईरहेका बलराम बिष्ट, शान्ती बिष्ट लगायतकाको परिवार काम नपाएर बिचल्लीमा परेको छ । उनिहरु संगै अन्दाजी ७–८ बर्षकी एक बालिका पनि बिचल्लीको सिकार भईन, अघिल्लो दिन देखि पेटमा अन्नको दाना परेको थिएन, यसै बिच पाटीमै बसिरहेका उनिहरुको छोरी बेहोस भईन, छोरीलाई काखमा सुताउनु बाहेक उनिहरुले केहि गर्न सकेनन् ।

सरकारले सकेको गरेको भन्दै छ तर पर्याप्त पिसिआर परिक्षण छैन, गरिव निमुखाको लागि बिशेष कुनै योजना छैन, क्वारेन्टाईनको अवस्था दयनिय छ भन्दै नागरिक अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

https://youtu.be/iqKy-sF0iqA

 


लोकप्रिय छुटाउनुभयो कि ?