
ज्यो. पीताम्बर अधिकारी
मेषराशि-
आज यात्रामा संकट आइपर्ने देखिन्छ। सावधान भएर यात्रा गर्नुपर्ने देखिन्छ । साँझतिर अतिथिको सत्कार गर्न पाइएला।
बृषराशि-
अधुरा रहेका कामहरू बन्ने तथा मिष्ठान्न भोजन प्राप्तिको योग छ। कुनै विशेष कामको योजनामा हुनुहुन्छ भने कसैलाई नभन्नुहोला।
मिथुन राशि-
आज धनप्राप्ति हुने योग रहेको छ। प्रेममा भने खिन्नता प्राप्तिको योग छ। प्रेमी साथिभाइसँग सजग रहनुपर्ने देखिन्छ।
कर्कटराशि-
आफूले गरेको कार्यमा अवरोध आउला। सरकारी कामकाज पूरा गर्न सकिने दिन रहेको छ।
सिंहराशि-
मन अत्यन्त प्रसन्न रहने देखिन्छ। मान्यजनसितको भेटघाटका साथै छोटो दूरीको यात्राको योग छ।
कन्याराशि-
आफन्तजनहरूबाट खुशी मिल्नेछ। चिताएको काम पुग्ने देखिन्छ। पशुचौपायबाट लाभ मिल्ने देखिन्छ।
तुलाराशि-
भौतिक सुखमा कमि आउनाले मन खिन्न रहला। कष्टप्रद यात्रा हुनसक्छ सावधान रहनुपर्ने दिन छ।
वृश्चिकराशि-
परिवारमा खुशी साथै मिष्ठान्न भोजन प्राप्तिको योग रहेको छ। विपरीत लिङ्गीबाट सहयोग मिल्ने देखिन्छ।
धनु राशि-
वाहनहरूबाट सुख हुने देखिन्छ। शरीरमा आलस्य पैदा हुनाले सोचेको काम पूरा हुन नसक्ला। शरीरमा चोटको भय देखिन्छ।
मकरराशि-
व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ। इष्टमित्रहरूले प्रशंसा गर्नेछन्। रोमाञ्चक यात्राको योग छ।
कुम्भराशि-
साथीभाइसँ अत्यन्तै हर्षोल्लासको साथ समय व्यतित हुने देखिन्छ। मान्यजनहरूबाट सहयोग मिल्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ।
मीनराशि-
लगनशील भई गरेको कार्यमा सफलता मिल्नेछ। पुरस्कार वा सम्मान प्राप्त गर्ने योग रहेको देखिन्छ। खानपान र स्वास्थ्यमा समस्या देखापर्न सक्छ, सजग रहनुहोला।