विराटनगर भदौ ८ । विभिन्न जिल्लाबाट ओखलढुङ्गा जिल्लामा सरुवा भई आएका सुरक्षाकर्मीहरूमा कोरोना भाइरस संक्रमण पाइएको छ। सरुवा भई आउनेमध्ये नेपाल प्रहरीका ४ जनामा संक्रमण भेटिइसकेको छ।



सोमबार मात्रै २ जना सरुवा आएका प्रहरीमा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिएका छन्।
उनीहरूलाई जिल्लामै उपचार गर्ने तयारी गरिएको छ । यसअघि पनि सरुवा भएर आएका प्रहरी कर्मचारीका परिवारका सदस्यहरूलाई समेत संक्रमण देखिएको थियो ।
यसरी संक्रमित हुने सरुवा भएर आउने प्रहरी कर्मचारी र तिनका परिवारका सदस्यहरू रहेका छन् । सरुवा भएर विभिन्न ठाउँमा विभिन्न ठाउँमा रहेका प्रहरीलाई प्रदेश तथा संघीय प्रहरी कार्यालयले जिल्लामा अनिवार्य हाजिर हुन जिल्ला बाहिरबाट आउने प्रहरीको संख्या धेरै छ।
उनीहरूलाई अनिवार्य क्वारेन्टीनमा राखेर परीक्षणपछि मात्र कार्यक्षेत्रमा खटाउने गरिएको प्रहरीको भनाइ छ। मानवीय सुरक्षा तथा कोरोना संक्रमणको रोकथाममा अग्रभागमा खटिने प्रहरीलाई धमाधम संक्रमण देखिएपछि सरुवा भएका कर्मचारी तथा सुरक्षाकर्मीको आवत जावतमा रोक लगाउनु पर्ने स्थानीयको माग रहेको छ।
सरुवा भएर आएकोमा मात्रै संक्रमण देखिइरहने र प्रहरी तथा कर्मचारी आवत जावतमा नरोकेर नागरिकको सुरक्षामाथि खेलबाड भएको नेकपाका एक नेताले बताए ।
उनले यसरी आवत जावतलाइ नरोक्नु प्रशासनको कमजोरी भएको आरोप लगाएता पनि सुरक्षाकर्मी संक्रमित क्षेत्रबाट संक्रमण शून्य क्षेत्रमा खटाएपछि संक्रमण देखिएको विषयमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोख्रेलले अहिले प्रहरी सरुवा नगरेको गर्दै भने- अहिले सरुवा भएका होइनन् पहिले नै भएका थिए। भन्ने र सुन्ने कुरा जे भए पनि हाल महामारीका बेलामा सरुवा गर्दा सतर्कता न अपनाए जनताको जिउधनको सुरक्षा बोकेको प्रहरी प्रशासन स्वयं संक्रमणको मारमा पर्नेछ।