Logo

विराटनगर महानगरद्वारा नयाँ पिसीआर मेशिन खरीद

                     
Logo 2020-08-24 04:08     Hamro Biratnagar

13

विराटनगर। विराटनगर महानगरपालिकाले नीजि क्षेत्रले खरी गरी उपलब्ध गराएको पीसीआर मेसिन कोशी अस्पताललाई हस्तान्त्रण गरेको छ ।

सोमबार विभिन्न उद्योगी तथा व्यवसायीहरूको सहयोग तथा महानगरका मेयर भीम पराजुलीको सक्रियतामा खरीद गरिएको मेसिन प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेको रोहवरमा विराटनगर महानगरपालिकालाई उपलब्ध गराइएको थियो। तुरुन्तै सो मेसिन कोशी अञ्चल अस्पतालमा पठाइएको छ।

यस मेसिन भित्रिएपछि दैनिक ९ सय वटा थप जाँच हुने बताइएको छ। महानगरकै पहलमा नयाँ मेसिन जडान भएपछि दैनिक ९ सय जनासम्म पीसीआर जाँच गर्न सकिने पराजुलीले बताए । ‘दिनमा ९ सयसम्म कोरोना जाँच गर्न सकिन्छ भन्ने बिक्रेताले जानकारी गराएका छन्। ’ उनले भने, ‘आरएन ए एक्ट्राक्सन मेसिन पनि अब चाँडै आउँदैछ ।’

मेसिन सञ्चालनका लागि महानगरपालिकाले काेशी अस्पताललाई २५ लाख रकम उपलब्ध पनि गराइसकेको छ । त्यस्तै नयाँ मेसिन खरीद गरिएपछि कोरोना परीक्षणको दायरा बढ्नाले समग्र प्रदेशलाई फाइदा पुग्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा पीसीआर जाँचमा सहजताका लागि मेसिन खरिद गरी उपलब्ध गराएको उद्याग संगठन मोरङ अध्यक्ष भीम घिमिरेले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?