
विराटनगर, भदौ ८ । लेटाङ नगरपालिका–६, मोरङको ६३ वर्षीय जेबी भनिने जीतबहादुर राई, २३ वर्षीय जीवराज तामाङ र २१ वर्षीय ध्यानबहादुर राईलाई पक्राउ गरेको हो । प्रहरीले गोरु काटेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक अशोककुमार जवेगुले गोरु काटेर मासु भाग लगाउँदै गरेको भेटेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट लगभग ४० किलो गोरुको मासु पनि बरामद गरेको छ । सोमबार तीनैजनाविरुद्ध शुपक्षीसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।