Logo

विराटनगरको छुट्टै पीसीआर मेसिन :मेयरले दिए एक वर्षको तलब

                     
Logo 2020-08-24 11:08     Hamro Biratnagar

13

कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले पीसीआर मेसिन खरिद गरेको छ । शंकास्पद व्यक्तिको स्वाब संकलन गरेको चार दिनसम्म रिपोर्ट नआएपछि विराटनगर महानगरपालिकाले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।

महानगरले खरिद गरेको मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रले ६० लाख रुपैयाँको आश्वासन दिएको छ ।प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले सात लाख रुपैयाँ सहयोग गरेका छन् । मेयर पराजुलीले पनि एक वर्षको पारिश्रमिक र त्यतै उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, कांग्रेस नगर सभापति अरुण न्यौपानेले एक लाख, प्रदेशसभा सदस्य केदार कार्की एक लाख, उद्योगी पारस लुनिया एक लाख उपलब्ध गराएका छन् ।

उद्योगी प्रदीप मुरारकाले पाँच लाख सहयोग गरेका छन् । पीसीआर मेसिन मुरारकाकै समन्वमा आयात गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले एक लाख उपलब्ध गराएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?