Logo

हामफालेर कोरोना संक्रमित थुनुवा भागे

                     
Logo 2020-08-23 06:08     Hamro Biratnagar

13

भदौ ७ वीरगञ्ज,  । दुई जना कोरोना भाइरस संक्रमित वीरगञ्जको  थुनुवाबाट फरार भएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका कोरोना संक्रमित दुई थुनुवा नारायणी अस्पतालको अस्थायी कोभिड वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डकबाट भागेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा शनिबार, राति २ बजे, अस्पतालको दोश्रो तल्लाबाट पछाडिको पोखरीमा हामफालेर उनीहरू फरार भएको देखिएको छ ।थुनुवाहरूकोे स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि हेल्थकेयर अस्पतालमा उपचारका लागि राखिएको र गएराति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले अस्पतालको डिलक्स क्याबिनमा बस्दै आएका थुनुवा संक्रमितहरू कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।फरार संक्रमितहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?