Logo

स्वाब दिएर घर फर्किएका युवकमा देखियो कोरोना, गाउँ नै सिल

                     
Logo 2020-08-23 05:08     Hamro Biratnagar

13

पर्सामा स्वाब दिएर डडेल्धुरा पुगेका युवामा कोरोना पोजेटिभ देखिएपछि गाउँ नै सिल गरिएको छ।

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ का युवक गाउँ आएर होम-क्वारेन्टिन नबसी सबैतिर डुलेपछि सम्पर्कमा आएकाको खोजी र परीक्षणका लागि देउरा गाउँ सिल गरिएको हो।गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्ट अनुसार  देउराका स्थानीयलाई बाहिर जान नदिने र बाहिरकालाई गाउँमा आउन नदिने गरी आजदेखि सिल गरिएको हो ।

‘जनतालाई छिमेकी वडा बस्तीमा नजान र आवतजावत नगर्न सचेत गराएका छौं र सुरक्षाकर्मी पनि परिचालित छन्,’ गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले बताए ।  अध्यक्ष भट्टले "ती संक्रमित युवक गाउँ आएकोबारे एक हप्तापछि मात्र जानकारी भएको" बताए।

आज संक्रमितको सम्पर्कमा आएकाहरूको स्वाब नमूना संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा पठाइएको छ। ‘३० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ,’ उनले भने।

 


लोकप्रिय छुटाउनुभयो कि ?