Logo

छ जनाविरुद्ध तीन करोडको मुद्दा दायर,  ट्रकभित्र ‘सेक्रेट’ क्याबिन बनाएर भारतबाट तस्करी 

                     
Logo 2020-08-23 05:08     Hamro Biratnagar

13

उच्च अदालत पाटनमा, भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ। वीरगन्ञ महानगरपालिका-१० स्थायी ठेगाना भएका रजनिश गुप्ता, राजेन्द्र थापासहित ६ जनालाई तीन करोड १९ लाख ७७ हजार ३७२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

विभागका अनुसार भारतीय ट्रकमा फल्स बटम बनाएर उनीहरूले सो बराबरको राजश्व चुहावट गरेको दाबी अभियोग पत्रमा छ।युपी ७८ सीएन ३४६५ नम्बरको ट्रकमा भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिएर आउँदा फल्स बटम बनाएर कपडाहरू लुकाइछिपाइ नेपाल ल्याउँदा उनीहरूले सो बराबरको राजश्व चुहावट गरेको विभागको दाबी छ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारलाई बरामद मालवस्तुको  ५३ लाख २९ हजार ५६२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।अन्यलाई भन्सार चोरी पैठारीको बिगो दुई करोड ६६ लाख ४७ हजार ८१० गरी जम्मा तीन करोड १९ लाख ७७ हजार ३७२ रुपैयाँ कागम गरिएको विभागले जनाएको छ। बरामद ट्रक लिलामी प्रयोजनमा मुद्दामा गएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?