
इटहरी, ७ भदौ । इटहरीमा आजसम्म कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । संक्रमितमध्ये ६२ पुरुष र १६ महिला छन् ।



इटहरी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलका अनुसार दुई हजार नौ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसमा इटहरी नगरभित्र स्वाब संकलन गरिएकामध्ये ६५ र अन्यत्र परीक्षण गरिएका १३ जना रहेका छन् ।
संक्रमितमध्ये इटहरीको
- वडा नं. १ मा ५ जना,
- वडा नं. २ मा ५ जना,
- वडा नं. ४ मा ५ जना,
- वडा नं. ५ मा ७ जना,
- वडा नं. ६ मा १० जना,
- वडा नं. ७ मा २ जना,
- वडा नं. ८ मा २ जना,
- वडा नं. ९ मा ८ जना,
- वडा नं. ११ मा १ जना,
- वडा नं. १२ मा २ जना,
- वडा नं. १४ मा २ जना,
- वडा नं. १६ मा १ जना,
- वडा नं. १७ मा १ जना,
- वडा नं. १८ मा १ जना,
- वडा नं.१९ मा २ जना र २० नम्बर वडामा ९ जना संक्रमित पुष्टि भएका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय इटहरीमा ८ जना प्रहरी कोरोना संक्रमित भएका छन । इटहरी उपमहानगरपालिकाको अनुसार २५ जना निको भएर घर फर्केका छन । इटहरी क्षेत्रमा अहिले सम्म २९५७ जनाको स्वाब परिक्षणको लागि लिएको इटहरी अस्पतालले जनाएको छ ।