
हतियार तथा लागूऔषध कारोबारी गर्ने गिरोहको नाइकेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मस्ट वान्टेड सूचीमा रहेका हतियार कारोबारी बग्गा भनिने प्रदीप यादवलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार राज्य अररियाको ईन्द्रनगर ग्राम पञ्चायत–१० बस्ने ३९ वर्षीय बग्गा सुनसरी मोरङमा हतियार र तथा लागूऔषध कारोबार गर्ने गिरोहका नाइके हुन् । उनी प्रहरीको मस्ट वान्टेड सूचीमा थिए ।
शनिबार दिउँसो साढे ४ बजे विराटनगर–१६ दरैयाबाट पक्राउ परेका बग्गाको साथबाट लागूऔषध पनि बरामद गरेको छ । डाइलेक्स डिसी १५ बोतल, नाइट्रोसन ५० चक्की र नाइट्राभेट ५१ चक्की बरामद गरेको हो
« मोरङ्ग बार एशोसिएशन तथा मोरंग जिल्लामा भएका कानून व्यवसायीलाई आवस्यक सहजिकरण र सहयोग समबन्धी सुचना