Logo

आधा संक्रमित घरमै, महानगरसँग छैन रेकर्ड : विराटनगर

                     
Logo 2020-08-23 02:08     Hamro Biratnagar

13

भदौं ७ । विराटनगर–६ सरोचियाका ४५ वर्षीय संक्रमित होम आइसोलेसनमा बसेका थिए, समयमै उपचार नपाउँदा मृत्यु भयो ।

विराटनगर महानगरपालिकाले, बुधबार पोजेटिभ रिपोर्ट आएका संक्रमित लाई बिहीबार बेलुकासम्म राख्न समन्वय गरेन । ती पुरुषसँग मात्र होइन होम आइसोलेसनमा बसेका अधिकांश संक्रमितसँग विराटनगर महानगरपालिकाले समन्वय गरेको छैन ।

विराटनगर महानगरपालिकामा ८०४ चारजना संक्रमित छन् । सोमध्ये ४०० भन्दा बढी होम आइसोलेसनमा बसेका छन् । विराटनगर महानगरपालिकासँग भने ३३१ जना होम आइसोलेसनमा बसेको रेकर्ड छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेल अनुसार चार सयभन्दा बढी कोरोना संक्रमित घरमै रहेको बताउँछन् । तर कहाँ कति संक्रमित घरमा बसेका छन् भन्ने रेकर्ड महानगरसँग छैन ।सबै संक्रमितको सम्पर्कमा महानगरको स्वास्थ्य टोली पुगिनसकेको उनले बताए । ‘हामीले पाँचजनाको टोली बनाएका छौं,’ उनले भने, ‘टोलीले सबै संक्रमितलाई सम्पर्क गर्दै स्वास्थ्य अवस्था बुझ्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनमा दुई पटक संक्रमितलाई सम्पर्क गर्न टोली परिचालन गर्न भनेको छ । विराटनगरमा लक्षण देखिएका संक्रमितलाई नियमित सम्पर्क गरिने उनले बताए । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार दीलिप यादवको नेतृत्वमा समिति बनेको छ । समितिलाई होम आइसोलेसनमा बसेका व्यक्तिसँग सम्पर्क गर्ने जिम्मेवारी दिए पनि सबै संक्रमितसँग सम्पर्क गर्न सकेको छैन । थप जानकारी को लागी यहाँ क्लिक गर्नु होला 


लोकप्रिय छुटाउनुभयो कि ?