Logo

सात दिन थपियो सुनसरीमा निषेधित क्षेत्रको समय

                     
Logo 2020-08-23 01:08     Hamro Biratnagar

13

भदौ ७ । सुनसरीमा भदौ १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । भदौ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा आइतबार सात दिनका लागि थप गरिएको हो ।

जिल्लास्तरीय कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भदौ १४ गते मध्यराति १२ बजेसम्म सुनसरीलाई निषेधित क्षेत्र तोकिएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार भदौ १४ गते मध्यराति १२ बजेसम्म सुनसरीभरि अत्यावश्यक सेवा र कामबाहेक हिँडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको हो ।

‘हामीले निषेधित क्षेत्र घोषणा गर्दै आमजनतालाई अनुरोध गर्ने हो, हामीले हाम्रो ठाउँबाट सक्दो रोकेका छौं,’ प्रजिअ पोखरेलले भने, ‘जिल्लाको सीमा क्षेत्रमा कडाइँ गरेका छौं, अलिअलि गतिबिधि भएको पनि सुनेका छौं, तर हाम्रो ठाउँबाट सक्दो रोकेका छौं ।’


लोकप्रिय छुटाउनुभयो कि ?