
आज देशका बिभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रदेश १, गण्डकी , कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
मुलुकभर दिउँसो सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।