
- नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध क्लब जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) लगातार दोस्रो हार ब्यहोरेको छ ।
शनिबार राति तेस्रो खेल खेलेको तल्लावाज गुयाना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो ।
ट्रीनिडाड स्टेडियममा भएको खेलमा अमेजनले दिएको ११९ रनको लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०४ रन मात्र बनाउन सक्यो ।