
जिल्ला प्रशासन कार्यालय पाल्पाले शनिबारदेखि भदौ १२ गतेसम्मका लागि पाल्पा जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण रोकथामका लागि पाल्पामा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाबाहेक अरु सेवा सञ्चालन हुनेछैन । निषेधाज्ञाको अवधिभर आपतकालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सवारी साधन चलाउन पाइने छैन ।