Logo

डढेलोका कारण क्यालिफोर्नियामा छ जनाको मृत्यु,७५ हजार बिस्थापित

                     
Logo 2020-08-22 02:08     Hamro Biratnagar

13

क्यालिफोर्नियाको उत्तर तथा पश्चिम क्षेत्रमा व्यापक रुपमा फैलिएको डढेलोका कारण छ जनाको मृत्यु भएको छ भने हजारौं मानिसहरु विस्थापित बन्नु पर्ने अवस्था आएको छ । डढेलोका कारण अमेरिकाको पश्चिमी क्षेत्रको वायुमा धुवाँको मात्रा अधिक भएको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म सयौँ स्थानमा डढेलो फैलिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

आगलागीका कारण तातो हावा चल्दा जनजीवन थप प्रभावित भएको छ । अहिलेसम्म सयौँ भवनहरु जलेका छन्, हजारौँ भवनहरु जोखिममा आएका छन्  र एक लाख ७५ हजार भन्दा बढी मानिस बिस्थापित भइसकेका छन्


लोकप्रिय छुटाउनुभयो कि ?