Logo

नेपालमा थप ८३८ जनामा संक्रमण पुष्टि भएको छ

                     
Logo 2020-08-21 10:08     Hamro Biratnagar

13

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यो सँगै नेपालमा कोरोना भाइरस  संक्रमण पुष्टि हुनेको संख्या ३० हजार नाघेको छ ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १३ हजार ५७९ परीक्षणमा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?