
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
इनरुवाका २ का २३ वर्षीय सावन मेहेताको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
विराटनगर आउँदै गर्दा औरावनीमा मोटरसाइकल दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते मेहेताको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।