
बारबर्दिया नगरपालिका ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय चन्द्रमान विकलाई शुक्रबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार घटना बिहीबार राति साढे २ बजेतिर भएको हो । विकले घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी बालिकालाई बोकेर नजिकै खेतमा पुर्याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निरन्तर रक्तस्रावले बालिकाको अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको छ ।