
भदौ ५ । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । विराटनगर महानगरपालिका–१२ मा संक्रमितको संख्या ९२ छ । विराटनगर– १९ मा भने कोरोना संक्रमित भेटिएका छैनन् ।
विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका अनुसार वडा नम्बर १२ पछि सबैभन्दा बढी संक्रमित वडा नम्बर ६ मा छ ।
- वडा नम्बर ६ मा ७० ,
- वडा नम्बर ९ मा ६९ ,
- वडा नम्बर ८ मा ५०,
- वडा नम्बर ५ मा ४८,
- वडा नम्बर ११ मा ४८,
- वडा नम्बर १ मा ९,
- वडा नम्बर २ मा ४०
- वडा नम्बर ३ मा ४६,
- वडा नम्बर ४ मा १७,
- वडा नम्बर ५ मा ४८,
- वडा नम्बर ६ मा ७०,
- वडा नम्बर ७ मा ३०,
- वडा नम्बर ८ मा ५०,
- वडा नम्बर ९ मा ६९
- वडा नम्बर १० मा ३०,
- वडा नम्बर ११ मा ४८,
- वडा नम्बर १२ मा ९२,
- वडा नम्बर १३ मा २१,
- वडा नम्बर १४ मा १२,
- वडा नम्बर १५ मा ३५,
- वडा नम्बर १६ मा २५,
- वडा नम्बर १७ मा २६
- वडा नम्बर १८ मा २ जना संक्रमित छन् ।
बिहीबार बिहानसम्म विराटनगरमा संक्रमण पुष्टि भएका ७४१ मध्ये ७१ जनाको वडा खुलेको छैन् । संक्रमितमध्ये १४३ जना संक्रमणमुक्त भएका छन् ।
विराटनगर १९ नम्बर वडामा हालसम्म कोरोना संक्रमित नभेटिएको विराटनगर महागरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।