
नेपालगन्जको बाँकेमस विभिन्न आइसोलेसनमा बस्दै आएका ५१ जना शुक्रबार कोरोना निको भएर डिस्चार्ज भएका छन् ।
नेपालगन्जका व्यापारी कृष्णप्रसाद श्रेष्ठ, युवा नेता हुकुम केसी, पत्रकार खगेन्द्र दाहालसहित ५१ जना शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य मापदण्डअनुसार १४ दिन आइसोलेसन अवधि पूरा गरेका ५१ जनालाई थप ७ दिन होम आइसोलेसनमा बस्ने गरी पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले बताए ।