Logo

गृहमन्त्रीसहितको टोली बाढीपीडितलाई राहत बोकेर अछाम प्रस्थान

                     
Logo 2020-08-21 05:08     Hamro Biratnagar

13

गृहमन्त्री रामबहादुर थापा (बादल)सहितको टोली आज अछामको रामारोशन गाउँपालिकाका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर प्रस्थान गरेको छ ।

गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो टोली सर्खेतमा अवतरण गर्ने र सुर्खेतबाट एमआई–१७ हेलिकोप्टरमार्फत् अछाम पुग्ने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

टोलीमा गृहमन्त्री बादल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेकपा नेता एवम् सांसद भीम रावल, सांसदहरु शेरबहादुर कुँवर र तारामान कुँवर, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, विपद जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेललगायत छन् ।अछाम लगिएका राहत सामग्रीहरु धेरैजसो नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराइदिएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?