
सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो ।



गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।
हत्यामा संलग्न दिनेश महतो, पप्पु राम, शिव कुमार मेहता, दीपक कुमार यादव र प्रदीप रामलाई प्रहरीले क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुलाई ज्यान सम्बन्धी मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
धानखेतमा ‘रगत जस्तो पदार्थ’ देखिएको स्थानीयको सूचना फलो गर्दै जाँदा सुनसरी खोलामा बोरामा ढुंगासहित प्याक गरेर फालेको अवस्थामा गुणराजको शव भेटिएको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रममा व्यक्तिगत सम्बन्ध र मृतकको स्वभाव विष्लेषणपछि प्रहरी हत्यामा संलग्न अभियुक्तसम्म पुग्न सफल भएको हो ।
अनैतिक सम्बन्ध
चारित्रिक रुपमा कमजोर गुणराजको सोही कमजोरीका कारण ज्यान गयो । धेरै जनासँग प्रेम गर्ने स्वाभावका गुणराजलाई माया गर्ने युवतीबीच पनि झै–झगडा भएको थियो । सो झगडा परिवारमा पुगेपछि थप पढ्नु का लागी यहाँ क्लिक गर्नु होस ।