Logo

कोरोना भाइरस र बच्न सकिने केही उपाय

                     
Logo 2020-08-20 08:08     Hamro Biratnagar

13

हाल सबै तिर बन्दाबन्दीको माहोल छ । ब्यापार व्यबसाय,बिद्यालय,कल कारखाना आदि सबै क्षेत्रमा यसको नराम्रो असर परेको छ।

कारण चाइनाको उहान शहर उद्गम बिन्दु मानिएको कोरोना भाइरस। हुन त यस प्रकारको महामारी यो भने पहिलो हैन । बिश्वमा कोरोना भाइरस भन्दा पहिले पनि इबोला,सार्स(Sars),फ्लू(Flu),मर्स(Mers) लगाएतका विभिन्न महामारी आदिले ठूलो धनजनको क्षति पुगाइसकेको छ ।

[caption id="attachment_971" align="alignnone" width="1200"] तस्बिर : फाइल[/caption]

चाइनाको वुहान शहर जहाँ विभिन्न जङ्गलि जनावर तथा सामुनदृक जनावरको बजार रहेको र  खुलेआम र बीभत्स तरिकाले कुकुर,चमेरो, लगायतका बिभिन्न जनावरलाइ अमानवीय तरिकाले हत्या गरि बेचबिखन गरिने स्थलनै कोरोनाको प्रारम्भिक केन्द्र मानिएको छ। हाल कोरोना भाइरस सन्क्रमित संख्या ठुला ठुला विकसित देशमा मात्र नभै साना साना नेपाल जस्ता मुलुकले पनि सामना गर्नु परेको छ ।

[caption id="attachment_972" align="alignnone" width="1100"] तस्बिर : फाइल[/caption]

आखाले देख्न नसकिने नमिल्ने यो भाइरसवाट को सन्क्रमित छ र कहाँ बाट हाम्रो शरीरमा नियन्त्रण लिन सक्छ यस कुरा ठम्याउन मुस्किल छ ।सधैको बन्दाबन्दी समेत उचित समाधान नभएकोले हाल शहर बजारमा पनि चहलपहल बढ्दै गैरहेको छ।सरकारले केही हद सम्म बन्दाबन्दि खुकोलो गरेपनी हामिले आफ्नो र आफ्नो परिवारको सुरक्षा गर्न भने सक्नु पर्दछ । त्यसका लागि आफुनै चनाखोभै बिश्व स्वास्थ संगठन तथा डाक्टरको सल्लाह बमोजिम निम्न सुरक्षाका विधि भने अपनाउन सकिन्छ ।

कोरोना महामारी बाट बच्न अपनाउन सकिने केहि उपायहरु:

  1. नियमित साबुन पानीले मिचेर हात धुने पखाल्ने।यसो गर्दा हातमा रहेका किताणु नाश भै शरीरमा प्रवेश गर्ने सम्भावना कम हुन्छ।
  2. मानिसका भिड्भाडमा नजाने । मानिसहरू अनेक ठाउँवाट आउन सक्ने र सन्क्रमित हुन सक्ने भएकाले मानिसवाट दुरि राख्नुनै अहिलेका लागि उचतम उपाए मानिन्छ ।
  3. मुख राम्ररी छोप्ने कपडा(Mask) को प्रयोग गर्ने। यसले बाहिरि सन्क्रमित वायुलाई हाम्रो श्वास प्रणाली बाट हाम्रो शरीरमा पस्न दिदैन।
  4. बाहिर बाट घर गएपछी आफुलाइ राम्ररी सफाइ गरि (Sanitize) गरि मात्र प्रवेश गरौ ।
  5. बाहिरवाट किनेका समान तथा फलफुल साग सब्जिलाइ राम्ररी धोइ पखाली मात्र खाने बानी बसालौ ।

तपाईं बाहिर निस्केपछी अनेक मानिस सङ घुलमिल हुने हुदा कोरोना संक्रमण हुने सम्भावना प्रवल हुने गर्दछ। जसको कारण तपाईं आफू मात्र बिरामी नभै आफ्ना साना केटाकेटी वा बृद आमाबुवालाइ पनि सन्क्रमित पार्न सक्नुहुन्छ। आफुलाइ सकेसम्म घरमै रहने प्रयास गर्नु र काम परेर बाहिर जानै परे पनि उचित सावधानी अपनाएर मात्र बाहिर निस्कनु फलदायी मानिन्छ।

माथी उल्लेखित यी र यस्तै उपायले आफू र आफ्नो परिवारलाइ यस महामारी बाट सुरक्षित राख्न सकिन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?