Logo

 जोगवनीको चोरबाटोबाट प्रहरीले प्रवेश रोक्दा, मध्यरातमा आक्रमणको प्रयास

                     
Logo 2020-08-20 06:08     Hamro Biratnagar

13

विराटनगरको सीमावर्ती क्षेत्रमा प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । भारतीय र नेपाली नागरिकको समूहले बुधबार राति नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा प्रहरीमाथि आक्रमणको प्रयास गरेको हो ।

स्थानीय प्रशासनले नाकामा कडाइँ गरेता पनि नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत रोकिएको छैन ।

इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापा अनुसार सामान खरिद गर्ने बहानामा लुकछिपी गएकाहरुलाई रोक्दा करिब चार सयजनाको समूहले आक्रमणको प्रयास गरेको र भारततर्फ गएकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको थियो ।

थापाले भने, ‘नेपालबाट लुकिछिपी सामान खरिद गर्ने बहानामा भारततिर गएका रहेछन्,’ , ‘सामान लिएर जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि हामीले रोक्दा अवस्था तनावपूर्ण बन्यो ।’ थप मद्दतको टोली समयमा नै पुगेका कारण झडप नभएको उनले बताए ।

तीन/चार सयजना एक्कासी भारततिरबाट हुल आएर सीमा क्षेत्रमा खटिएका नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास गरेको थियो । भारतीय प्रहरीले पनि सहयोग गरेका कारण भीड नियन्त्रण गर्न र आक्रमण गर्न खोज्नेहरु राति ९ बजेपछि भागेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?