
- नेपाली लेग स्पिनर सन्दीप लामिछानेको जमैका तलाबाजले बुधबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा विजयी सुरुवात गरेको छ । उसले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको हो ।
- तलाबाजले जितका लागि १ सय ५९ रनको लक्ष्य पाएकोमा त्यसलाई ५ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो । यसअघि जुक्सले २० ओभरमा ७ विकेट गुमाएर १ स्य ५८ रन बनाएको थियो ।
- त्यसमा सन्दीपले ४ ओभरमा २३ रन खर्चेरले एक विकेट लिए । नजिबुल्लाह जदरान उनको बलमा क्याच आउट भएका थिए।