Logo

‘उपचार नपाएरै बुवाको ज्यान गएको’ भन्दै छोरीले दिइन् रिट, विपक्षीलाई छलफलमा आउन अदालतको आदेश

                     
Logo 2020-08-20 02:08     Hamro Biratnagar

13

फाइल तस्वीर

भदौ ४ । आफन्तको आवश्यक उपचार नपाएर ज्यान गएको भन्दै उच्च अदालत विराटनगरमा परेको रिटमाथि आज आदेश भएको छ। उच्च अदालत विराटनगरले सामाजिक विकास मन्त्रालय लगायत विपक्षीलाई छलफलका लागि बोलाएको हो।

विराटनगर ३ की निलिमा दाहालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले विपक्षीलाई छलफलमा बोलाउने आदेश दिएको छ।

रिट निवेदनमाथि भएको सुनुवाइमा कानुन व्यवसायीहरू दुर्गा प्रसाद पोखरेल, प्रमोदराज आचार्य, हरि कुमार मण्डल, मधुसूदन चौधरी, किशोर कुमार माझी जनक बहादुर पुरी र राज कुमार राजवंशी समेतले बहस पैरवी गरेका छन्।

‘रिट निवेदनमा उठाइएका विषय सार्वजनिक महत्वको रहेको तथा कोभिड १९ बाट संक्रमणको आशंकामा रहेका व्यक्तिहरूको परीक्षण गर्न, संक्रमितको उपचारका लागि आइसोलेसनको प्रबन्ध गर्न, सरकारका विभिन्न निकायबीच समन्वयको प्रबन्ध गर्न अहिलेसम्म भएका काम र प्रगतिको विषयमा बुझेर अन्तरिम आदेश जारी गर्ने या नगर्ने निष्कर्षमा पुग्नुपर्ने भएकोले भदौ ८ गते छलफलमा उपस्थित हुन विपक्षीलाई जानकारी दिनू’ भनि उच्च अदालतल विराटनगरले आदेश जारी गरेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?