
मंगलबार राति १-२ बजेको समयमा महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित बोजपोखरीमा, प्रदेश-२ का आर्थिक मामिला तथा याेजना मन्त्री विजय यादवको घरमा चोरी भएको छ।
महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डिएसपी मित्रबन्धु शर्मा अनुसार चोरले करिब पौने दुई लाख नगद र दुई सेट फोन चोरेको र 'घरको पर्खाल चढेर दोस्रो तल्लामा रहेको सानो झ्यालबाट चाेर भित्र प्रवेश गरेको बुझिएको छ, भित्र मन्त्री सुतेको कोठामा सिरानीमा राखेको दुई वटा फोन लगेको छ,' 'दराज पनि खोलेको छ। सुटकेस पनि खोलेर पैसा मात्रै लगेको देखिन्छ।'
'पर्खाल चढ्न मुस्किल छ, चोरले मन्त्री सुतेको कोठाबाट चाल नपाउने गरी चोरी गरेको हुँदा घटना एकदम आश्चर्यजनक छ,' उनले भने, 'त्यसपछि कौसीबाट हामफालेर गएको भन्ने प्ररम्भीक अनुसन्धानबाट बुझिन आएको छ।'