Logo

पछिल्लो २४ घण्टामा बिराटनगर मा थपियो ५२ संक्रमित

                     
Logo 2020-08-19 10:08     Hamro Biratnagar

13

विराटनगर, भदौ ३  । आज विराटनगरमा ५२ जना संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य अनुसार संक्रमित मध्य ३२ पुरुष र २० महिला गरि ५२ जना कोरोना संक्रमित थपिएका हुन । प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएकामध्ये मोरङका ६७ जना रहेका हुन् ।

मोरङमा ६७ सहित प्रदेश १ मा आज १२३ जना कोरोना संक्रमित थपिएका छन् ।

६७ मोरङमा, १६ झापामा , ३७ सुनसरीमा, १ पाँचथर र प्रदेश १ बाहिरका २ सहित जम्मा १२३ संक्रमित थपिएका हुन । संक्रमण देखिएका मध्ये ३३ महिला र ९० पुरुष जना छन् ।

•मोरङका ६७ मध्ये ५२  जना विराटनगर, ५ जना रंगेलीमा, २ जना  बुढीगंगामा, १ जना कटहरीमा, १–१ जना धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ भित्रका,  छन् ।

•सुनसरीका ३७ मध्ये १३ जना हरिनगरमा, ११ जना दुहवीमा, ५ जना बर्जुमा, ४ जना इटहरी, २–२ जना धरान र रामधुनी, भित्रका छन् ।

•झापाका १६  मध्ये ८ जना दमकमा, ३ जना विर्तामोड, १–१ जना कचनकवल र कमल गाउँपालिकामा, झापाका २ र पाँचथरका १ जना झापाको स्थानीय तह नखुलेका रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

याे सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ३५५ पुगेको छ । प्रदेश १ मा आज २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ बाट १ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७२ हजार ४६ जनाको पीसीआर परक्षिण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ


लोकप्रिय छुटाउनुभयो कि ?