Logo

९६ कोरोना संक्रमित मध्य ४२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण : विराटनगर 

                     
Logo 2020-08-18 12:08     Hamro Biratnagar

13

विराटनगर । मंगलबार विराटनगरमा काेराेना संक्रमण पुष्टि भएका ९६ कोरोना संक्रमित मध्य ४२ जना प्रहरी कर्मचारी रहेको पाइएको छ । साेमबार २ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

प्रदेश प्रहरी कार्यालय अनुसार संक्रमण मंगलबार १० महिलासहित ४२ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार ४२ जनाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो । सोमबार बेलुका गणका दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

प्रदेश १ मा ८७ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये प्रदेश प्रहरी कार्यालयमा कार्यरत ३८ जना हुन ।


लोकप्रिय छुटाउनुभयो कि ?