Logo

रुस पछी चिन बाट आयो खुशीको खवर , क्यानसिनो खोपको सर्वाधिकार स्वीकृत

                     
Logo 2020-08-18 03:08     Hamro Biratnagar

13

भदौ २ । चिनियाँ खोप निर्माता कम्पनी क्यानसिनो बायलजिक्स कर्पाेरेशनले कोरोना खोप एडी५–एनसीओभी ले पहिलो आविष्कार ‘पेटेन्ट’ सर्वाधिकारका लागि अनुमति पाएको छ ।

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार चीनको बौद्धिक सम्पदा नियामक संस्थाले ११ अगस्टमा क्यानसाइनोको खोपको पेटेन्टका लागि अनुमति दिएको हो ।

चीनले कोरोनाविरुद्धको कुनै पनि खोपलाई अनमति दिएको यो पहिलो पटक हो । तथापि, यसलाई वैज्ञानिक उपलब्धिभन्दा पनि व्यवसायिक उपलब्धि मानिएको छ ।

‘द गार्जियन’ अखबारसँग कुरा गर्दै वाल्टर एण्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्रोफेसर मार्क पेलेग्रिनीले भने, ‘यो सर्वाधिकारको कारण कसैले अब यो खोपको नक्कल गर्न पाउने छैन तर क्लिनिकल परीक्षणमा अघि बढ्नको लागि सर्वाधिकार हुनु कुनै अनिवार्य मापदण्ड होइन ।’

यो खोपको बारेमा केही हप्ताअघि मेडिकल जर्नल ल्यान्सेटमा खबर छापिएको पेलेग्रिनीले बताए । अक्सफोर्ड समूहले आफ्नो खोपको बारेमा जानकारी प्रकाशित गरेको बेला नै चिनियाँ खोपको बारेमा पनि खबर छापिएको पेलेग्रिनीले बताए ।

दुवै खोपमा कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरसको प्रयोग गरिएको थियो । साउदी अरबले यही महिना क्यानसाइनोको खोपको तेस्रो चरणको परीक्षणको योजना बनाइरहेको बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?