Logo

एसईईकाे परीक्षाफल प्रकाशित

                     
Logo 2020-08-17 01:08     Hamro Biratnagar

13

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको छ ।

यस वर्ष कुल चार लाख २ हजार नौ सय ६ जना विद्यार्थीले परीक्षको लागि आवेदन भरेकोमा चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोरोना भाइरस संक्रमणका कारण यसवर्ष विगत जस्तो परीक्षा भएन। विद्यालयले नै गरेको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको हो।

परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन। परीक्षाफल प्रकाशन गर्दा कुनै त्रुटी भए सच्याउनका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय आउनैपर्ने बाध्यात्मक व्यवस्था समेत हटाइएको छ। नतिजा प्रकाशन भएको ३५ दिनभित्र विद्यार्थीले फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरिएको बताइएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?