Logo

संक्रमितमा लक्षण देखिएभने कोशीले भर्ना लिइने

                     
Logo 2020-08-17 11:08     Hamro Biratnagar

13

विराटनगर । कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ ।

डा. दीपक सिग्देल अनुसार कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने र लक्षण नभएकाहरुको फरक व्यवस्थपन गरिने र लक्षण् भएकाहरुलाई उपचार केन्द्रमा भर्ना लिइने भएको छ ।

उहाको अनुसार आईसीयु र भेन्टिेलेटर सहितको सुविधा विस्तार गरिएको र उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु वेड तयारी अवस्थामा राखिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे अनुसार २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रवन्ध गरेको र जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रवन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ ।

आईसीयु र भेन्टिेलेटर वेडसँगै आवस्यक जनशक्तिलाई तालिमको प्रवन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रवन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर सुविधा थपिएसँगै वेड संख्या १ सय पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?