
भदाै १ । सुनको मूल्य नेपाली बजारमा तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोवार भएको सुनको मूल्य सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोवार भएको छ । सोमबार चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कारोवार भइरहेकाे महासंघले जनाएको छ ।