Logo

नाला सफा गर्ने विषयमा भएको कुटाकुटबाट १ को मृत्यु, २ घाइते : कपिलबस्तु

                     
Logo 2020-08-17 08:08     Hamro Biratnagar

13

 जिल्ला कपिलबस्तु  पानीको नाला सफा गर्ने विषयमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ र थप दुई जना घाइते भएका छन्।

प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवरा अनुसार मायादेवी गाउँपालिका वडा नं. ८ निवासी ७० वर्षीय हरिराम पासीको मृत्यु भएको र कुटपिटबाट ६० वर्षीया सुभावती पासी र २० वर्षका सोनु पासी घाइते भएका छन्। निजहरुको टाउको तथा शरीरका विभिन्न भागमा चोटपटक लागेको र भैरहवामा उपचार जारी रहेको एसएसपी बैदवारले बताए।

मृतक हरिराम र घाइते सोनुसँग स्थानीय २२ वर्षीय अनिल चमारकाे आइतबार दिउँसो पौने ३ बजेतिर पानीको नाला सफा गर्ने विषयमा झै- झगडापछि कुटाकुट भएको थियो।

सो झगडापछि ६१ वर्षीय बेकर चमार, ६४ वर्षीया चुकुनी चमार, १९ वर्षीया माया चमार, २५ वर्षीया सरिता चमार र ३० वर्षीय बिजय चमार पनि संलग्न भइ पासी परिवारलाई निर्घात कुटपिट गरेकाे आराेप छ।

कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी बैदवारले जानकारी दिए।


लोकप्रिय छुटाउनुभयो कि ?