Logo

निर्मलालाइ न्याय कहिले ? #JusticeForNirmala

                     
Logo 2020-08-17 07:08     Hamro Biratnagar

13

तास्बिर : गूगल

समाजिक संजाल फेसबुक लगायतका अन्य लोकप्रिय साधनमा #JusticeforNirmala फेरि चर्चामा आएको छ । २०७५ साल श्रावण ११ गते बलात्कार पछि हत्या गरि मृत फेला परेकी १३ बर्ष कि उनलाई त्यस समय पनि न्यायका लागि ठूलो आवज उठाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलिले अन्तरास्ट्रिय अनुसन्धान कर्तानै बोलाइ न्याय दिलाइने आश्वासन दिनुभएता पनि पीडित र पीडितका परिवारले अझै पनि न्याय पाउन सकेका छैनन् ।

हालसालै एक भारतीय युत्युबरले एक बिनोद नाम गरेको कमेन्टलाई आफ्नो सामाग्रीमा प्रस्तुत गरेपछि त्यस् कमेन्टको चर्चा भारतमा मात्र नभई नेपालमा पनि उतिकै चर्चामा आएको थियो । यसै Trend लाई पछ्याउँदै हाल नेपाली समाजिक संजाल प्रयोगकर्ता पनि प्रम केपि शर्मा ओलि लगायतका ठुला नेताका तस्बिर तथा समाग्री हरुमा JusticeforNirmala कमेन्ट गरि यस घटनालाई फेरि चर्चामा ल्याएका छन।

पीडितले न्याय नपाउनु अनि यस्ता घटनाको निष्पक्ष छानबिन गरि अपराधीलाई कार्वाहीमा नल्याउनुलाई सरकारको लजास्पद कमजोरी बताउदै अपराधिलाइ कार्वाही गर्न र पीडितलाइ न्याय दिलाउन नेपाल पुलिस लगायतका संबंधित निकायलाइ फेसबुक प्रयोगकर्ताले मेन्सन गरि प्रस्न गरि दवाब दिने काम जारी राखेका छन।

सामान्य कमेन्ट पनि रातारात viral हुने समाजिक संजालमा यस चर्चा कतिदिन र यसले कस्तो रुपलेला त्यस कौटुहलता भने सबैको मनमा बढ्न थालेको छ। आशा गरौ यस कदम माथी सरकारको ध्यानाकर्षण हुनेछ र संबंधित निकायले पीडित लाई ढिलै भएपनी न्याय प्रधान गर्नेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?