
साउन ३२, बाँके । आइतबार बाँकेमा भेरी अस्पताल बाट गरिएको परीक्षणमा १५ जना सशस्त्र प्रहरीसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण हुनेमा एक-एक जना खजुरा गाउँपालिका तथा कोहलपुर नगरपालिकाका हुन र १५ जना सशस्त्र प्रहरी, तीन जना ग्लोबल आइएमई बैंकका कर्मचारी रहेका छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ७२६ पुगेको छ ।