
सैनिक अदालतको फैसलाले नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त |
सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ ।
सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई समरी जनरल सैनिक अदालतले बर्खास्तको फैसला सुनाएको थियो ।