Logo

विराटनगरमा ४० सहित मोरङमा ६४ र त्यसै गरि प्रदेशमा ८६ कोरोना संक्रमित थपिए

                     
Logo 2020-08-15 11:08     Hamro Biratnagar

13

विराटनगर, ३१ साउन । मोरङमा ६४ सहित प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार ३२ महिलासहित ८६ संक्रमित थपिएका हुन ।

थपिएका मध्ये मोरङमा मात्र ६४ जना छन् । सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४० संक्रमित थपिएका छन् । जसमा १९ महिला २१ पुरुष छन् । रंगेलीमा ३ महिला ६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

धनपालथानमा ५ जना, जहदामा ३ जना, सुन्दरहरैचामा २ जना, बुढीगंगामा २ जना र ग्रामथान, सुनबषी र कानेपोखरीमा १–१ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुनसरीको धरानमा २ महिला ९ पुरुषमा संक्रमण देखिएको छ । रामधुनीमा ५ पुरुष, बर्जुमा ३ जनामा संक्रमण देखिएको छ । त्यस्तै तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको १ हजार ९ सय ७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तरगतकाे कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा.सरोज विशालले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?