Logo

एक दिनमा २२ सय पिसिआर परीक्षण

                     
Logo 2020-08-15 04:08     Hamro Biratnagar

13

विराटनगर  । शुक्रबार प्रदेश १ एक दिनमा २ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ ।

यो अहिलेसम्मकै उच्च संख्या हो र शुक्रबार ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको छ । जसमा १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने निको हुनेहरुको संख्या १ हजार ७५ रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?