Logo

रंगेलीमा मृतक पुरुषको परिवारबाट फैलियो कोरोना

                     
Logo 2020-08-15 04:08     Hamro Biratnagar

13

मोरङको रंगेली नगरपालिका–७ मा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

वडा-७ रंगेली नगरपालि को बजार क्षेत्रमा मात्रै ५८ जना कोरोना संक्रमित छन् । लकडाउनमा विरामी बुबालाई हेर्न भन्दै दिल्लीबाट आएकी महिलाबाट आफन्त हुँदै बजार क्षेत्रमा कोरोना फैलिएको स्थानीय सरकारले निष्कर्ष निकालेको हो ।

शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएसँगै एउटै वडामा संक्रमितको संख्या ५८ पुगेको हो । ती संक्रमित रंगेली बजार क्षेत्रका हुन् र संक्रमितमध्ये १४ जना एकै परिवारका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?