
पछिल्लाे २४ घण्टामा प्रदेश १ मा २ जनाकाे मृत्यु भएकाे छ । दुबै जनाकाे बिहीबार बेलुका काेशी अस्पताल विराटनगरमा मृत्यु भएकाे हाे । मृत्यु भएकामा विराटनगर- १५ का ३० वर्षिय पुरूष र सिरहा विष्णुपुर १ का ४० वर्षिय पुरूष छन् ।
प्रदेश १ बाट आज ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन ।
डिस्चार्ज भएकाहरु १५ झापा, १४ मोरङका , ४ इलामका र २ सुनसरीका जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ