Logo

डब्लूएचओले भन्यो : खानेकुराबाट कोरोना भाइरस सर्दैन

                     
Logo 2020-08-14 07:08     Hamro Biratnagar

13

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले खानेकुराबाट भाइरस नसर्ने बताएको छ ।

हालसम्म गरिएको सबै अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले मानिसहरूले खानेकुरा, खानाको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरि गरिएका खानेकुरासँग डराउनु नपर्ने ब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख माइक रायनले बताएका हुन् ।

खानेकुराको माध्यमबाट हालसम्म भाइरस नसरेको हुँदा यससम्बन्धी सबैले सुरक्षित र सहज महशूस गर्न सकिने उनको भनाइ छ । (Koshi Online)


लोकप्रिय छुटाउनुभयो कि ?